मेयर कप क्रिकेटमा पहिलो शतक दीपेन्द्रको

काठमाडौं ।  काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका दिपेन्द्रसिंह ऐरीले शतक बनाएका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा एपिएफसँगकाे खेलमा दिपेन्द्रले १२० बलमा १०५ रन बनाएका हुन् । उनकाे शतकमा ८ चौका र ३ छक्का सामेल थिए ।

पुलिस क्लवले टस जितेर ब्याटिङ रोजेको खेलकाे ओपनिङ ब्याटिङमा आएका कुशल भुर्तेलले  १० रन, सुनिल धमलाले ३३ रन अमित श्रेष्ठले १ रन मात्र बनाएर आउट भएपछि चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले सम्हालिएर खेल्दै शतक बनाएका हुन् ।

पुलिस क्लबले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई शनिबार दुई रनले पराजित गरेको थियो।

प्रतिक्रिया