अस्ट्रेलियासँगकाे ट्वेन्टी ट्वेन्टी क्रिकेट शृँखला न्युजिल्यान्डलाई

एजेन्सी । न्युजिल्यान्डले अस्ट्रेलियासँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट शृँखला जितेको छ । आइतबार बिहान भएको अन्तिम तथा पाँचौं खेलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै न्युजिल्यान्डले शृँखला ३–२ ले जितेको हो ।
१४३ रनको लक्ष न्युजिल्यान्डले १५.३ ओभरमा मात्र तीन विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डका मार्टिन गुप्टिलले सर्वाधिक ७१ रन बनाउँदा डेभन कोनवोयले ३६ र ग्लेन फिलिप्सले अविजित ३४ रन बनाए। अस्ट्रेलियाका रिले मेरेडिथले दुई विकेट लिए।

यसअघि स्काई रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा आठ विकेट गुमाएर १४२ रन बनाएको थियो । अस्ट्रेलियाका माथेव वाडेले ४४, कप्तान आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २६ रन बनाए । न्युजिल्याण्डका इश सोधीले तीन, टिम साउथी र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

पहिलो खेल ५३ रनले जितेको न्युजिल्यान्डले दोस्रो खेलमा अस्ट्रेलियालाई चार रनले हराएको थियो । तर तेस्रो र खेल ६४ रन र चौथो खेलमा ५० रनले जित हात पार्दै अस्ट्रेलिया शृँखला बराबरी गर्न सफल भएको थियो । पाँचौ खेल जितेसँगै शृँखलामा न्युजिल्याण्डको भएको हो ।

प्रतिक्रिया