हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाका मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका-७ गोठगाउँस्थित पूर्व-पश्चिम राजमार्गमा हाइस र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । बा ४ ख ६९६ नम्बरको हाइस र विपरित दिशाबाट आउँदै गरेको प्र २-०२-००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा बेलबारी-११ का २१ वर्षीय अर्जुन न्यौपाने र सोही ठाउँका २१ वर्षीय मनोज कटुवाल घाइते भएका थिए । उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान मृत्यु भएको हो । दुर्घटनामा हाइस चालक काठमाडौं बस्ने गणेश थापार सहचालक बेलबारीका उत्सव गिरी घाईते भएका छन् ।

प्रतिक्रिया