प्रहरीले थाल्यो कलेज लक्षित जाँच

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुर्घटना कम गर्न कलेजका विद्यार्थी लक्षित जाँच अभियान सुरू गरेको छ ।

अभियानअन्तर्गत आज विभिन्न कलेज क्षेत्रमा सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने १२ जनालाई कारबाही गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए । ‘हामीले मोडिफाई, रफ ड्राईभिङ र चालक अनुमतिपत्र बिना सवारी चलाउनेविरुद्ध अभियान सञ्चालन गरेको छौ,’ प्रवक्ता रिजालले भने, ‘सोही क्रममा नियम पालना नगर्ने चालकलाई कारबाही गरिरहेका छौं ।’

कलेज लक्षित अभियान १ महिनासम्म सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया