प्रदेश १ : १३ स्वास्थ्यकर्मी सम्मानित हुँदै

विराटनगर । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारी सम्मानित हुने भएका छन् । कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले कोभिड अस्पताल तथा ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मान गर्न लागिएको जानकारी दिइन् । सामाजिक विकास मन्त्रालय र सामाजिक संघ-संस्थाहरुको आयोजनामा दिवस मनाइने उनको भनाई छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गर्न लागिएको हो । १११ औं अन्तर्राष्ट्रिय महिला दिवस ‘महिलाको सुरक्षा, सम्मान रोजगार : समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।

प्रतिक्रिया