यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर २५ मिनेटदेखी बिहान ७ बजेर ५२ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ५३ मिनेटदेखी बिहान ९ बजेर २० मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर २१ मिनेटदेखी बिहान १० बजेर ४८ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ४९ मिनेटदेखी मध्यान्ह १२ बजेर १६ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १७ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर ११ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर १२ मिनेटदेखी बेलुकी ४ बजेर ३९ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ४० मिनेटदेखी बेलुकी ७ बजेर ३९ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर ३९ मिनेटदेखी बेलुकी ०६ बजेर ०७ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनमा धार्मिक प्रवृति जागृत हुने तथा छोटो दुरिको धार्मिक यात्रा गर्न सकिनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । समयले साथ दिने हुनाले राम्रो काम गर्न सकिनेछ । प्रतिस्पर्धीहरु बाधक देखिएपनि अन्तत उनिहरुलाई पनि समेटेर काम बनाउन सकिनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउनेछ भने आफन्त तथा दिदि बहिनी हरुसँग घरायसी बिषयमा मनमुटाव सिर्जना हुनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दा नै राम्रो रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तर्क, विवाद र प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पद प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा आफ्ना कुराहरुमा सबैजना सहमत हुनेछन् । अफिसियल यात्राको प्रसस्त सम्भावना छ भने दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा काम गर्न सकिनेछ । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेकोछ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । यन्त्र,औजार तथा मेसिनरी सामान बिग्रनाले खर्च बढ्ने योग रहेकोछ । छाती सम्बन्धी समस्या आउने हुनाले बाहिरी वाताबरण तथा खानपानमा ध्यान दिनहोला । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमाबाट लाभ लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तर्क र बहसमा तपाईँको पकड गतिलो रहनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । परिवानजनको सहयोगले दिन उत्साहपुर्वक वित्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । सानो लगानिबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ । बिग्रन लागेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ भने साथिभाईको सहयोगले कृतिमानी काम गर्ने समय रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि राम्रो नतिजा ल्याउन सकिनेछ । माया प्रेमको गाठो कसिले हुनेको साथै घर परिवारमा सबैबाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुशि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुशि रहनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला,संगित एवम साहित्यमा रुची बढ्नेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको नजिक रहेर काम गर्नेहरुका लागी समय राम्रो रहेकोछ । राज्यको सम्पती तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । मन परेको मानिसबाट उपाहार प्राप्तीको योग रहेकोछ । खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुती देखाउन सकिनेछ । माता पिताको समयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया