सातदोबाटो ए डिभिजनमा बढुवा

काठमाडौं । सातदोबाटो युथ क्लब ए डिभिजनमा बढुवा भएको छ । शहीद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गत शनिबार खुमलटार युथ क्लब श्री भगवती क्लबसँग २–१ ले पराजित भएपछि सातदोबाटो ए डिभिजनमा बढुवा भएको हो ।

एन्फा मैदान सातदोबाटोमा भएको शनिबारको खेलमा दोश्रो स्थानको खुमलटार पराजित भएसँगै एक खेल अगावै सातदोबाटोको बढुवा निश्चित भएको हो ।

बी डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटोले ९ खेलमा २५ अंक बनाएको छ भने दोस्रो स्थानको खुमलटारले १० खेलबाट २२ अंक मात्र बनाउन सकेको छ ।

अब खुमलटारले लिगमा एक खेल खेल्न बाँकी छ भने सातदोबाटोले २ खेल खेल्न बाँकी छ । सातदोबाटोले बाँकी दुबै खेल हारेमा र खुमलटारले बाँकी १ खेल जितेर अँक बराबरी गरेपनि हेड टु हेडका आधारमा सातदोबाटो नै अघि हुनेछ ।

प्रतिक्रिया