निपालका कम्युनिष्ट पार्टीबाट सुशासनको आश गर्नु भूल : सिंह

काठमाडाैं । नेपाली कांग्रेस का नेता प्रकाशमान सिंहले नेपालमा कम्युनिष्ट पार्टीहरुबाट सुशासनको आशा गर्नु भूल हुने बताएका छन् । गणेशमान सिंहको स्मृतिमा भएको कार्यक्रमलाई संबोधन गर्दै नेता सिंहले सत्ता संचालनमा पटक पटक असफल भएकाले अब पनि कम्युनिष्ट पार्टीसँग सुशासनको आशा राख्नु भुल हुने बताएका हुन् ।

नागरिकले गरेको विश्वास र जनमतको कदर गर्न नसक्ने पार्टीभित्रको मतभेद मिलाउन सिंहको भनाइ छ । संसारलाई चमत्कार गरेर देखाउँछौ भनेर नागरिको म्यान्डेट पाएपनि आफ्नै पार्टी चलाउन नसकेर असंवैधानिक रुपमा संसद बिघठन गर्ने कदमले अहिलेको ब्यवस्थामाथि नै धावा बोलेको भन्दै नागरिकको अपमान गर्ने दललाई अब कसैले मत दिनु नहुने उनको भनाइ छ ।

नेपालको राजनीतिमा मूल्य मान्यता को कमि हुँदै गएको र सेवा भावले गरिनुपर्ने राजनीति कमाउ धन्दातिर मोडिएको नेता सिंहको भनाइ छ ।

प्रतिक्रिया