भारत विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा

एजेन्सी । भारत आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ । चौथो टेष्टमा इंग्ल्यान्डलाई एक इनिङ र २५ रनले हराउँदै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पहिलो इनिङमा १ सय ६० रनले पछि पारेको इंग्ल्यान्डलाई दोस्रो इनिङमा १ सय ३५ रनमा अलआउट गरेपछि भारत फराकिलो जीत निकाल्न सफल भएको हो ।

विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल आगामी जुनमा इग्ल्यान्डको लर्ड्समा हुने छ । र उपाधिका लागि भारतले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यससँगै चार टेष्टको शृँखला पनि भारतले ३–१ ले जितेको छ ।

दोस्रो इनिङमा इंग्ल्यान्डका ड्वेन लरेन्सले ५० रन बनाएपनि त्यसले इग्ल्याण्डको लाजमर्दो हार टार्न सकेनन् । भारतका रविचन्द्रन आश्विन र अक्षर पटेलले पाँच पाँच विकेट लिएको दोश्रो इनिङमा इग्ल्यान्डका ७ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतले पहिलो इनिङमा १ सय ६० रनको अग्रता लिएको थियो ।

प्रतिक्रिया