कम्युनिष्ट बिग्रिए कुहिएको अण्डा बन्छन्, केपी ओली त्यही अण्डा हुन् [भिडिओसहित]

काठमाडौं । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टहरु आफैँमा राम्रा भएपनि बिग्रन थालेपछि उनीहरु जति नराम्रा कोही पनि नहुने बताएका छन् ।

शनिबार जनसंगठनको कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा  अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘एकपटक माओसेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो,’ अध्यक्ष दाहालले भनेका छन्, ‘अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर, अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् । तर, गन्हाउन थाले बिग्रिन थाले र कुहिए भने त्योभन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अण्डा हो । कुहिएको गन्हाएको अण्डालाई खाइँदैन । त्यसलाई गाडिन्छ या जलाईन्छ । तपाईँ हामी चाहिँ स्वास्थ्यवर्द्धक जीवनशील तत्व हो ।’

अध्यक्ष दाहालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएकोमा खुशी व्यक्त गरेका छन् । ‘मैले नेतृत्व गरेको पार्टी र आन्दोलनमा विभिन्न कालखण्डमा कन्फ्युजन भयो,’ अध्यक्ष दाहालले भनेका छन्, ‘विभिन्न शक्तिहरूले चलखेल गरेर साथीहरू अलग भए । उहाँ (विप्लव) पनि यही लाइन र यही टिममा आउनैपर्छ । छिट्टै अर्को यस्तै कार्यक्रममा स्वागत गर्ने प्रतिक्षा रहेको छु ।’

 

प्रतिक्रिया