पाकिस्तानी प्रधानमन्त्री खानलाई संसद्मा बहुमत

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गरेका छन् । संसद्मा पेश भएको अविश्वास प्रस्तावमाथि शनिबार भएको मतदानमा प्रस्ताव फेल भएसँगै उनी नेतृत्वको सरकार जोगिएको छ ।

मतदानमा प्रधानमन्त्री खानलाई १७० मत आवश्यक रहेकोमा उनको पक्षमा १७८ मत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मतदान प्रक्रियालाई बहिस्कार गर्दै विपक्षी दलका नेताहरूले संसद् भवन बाहिर नारा–जुलुस गरेका थिए । मतदानका लागि सभामुखले आग्रह गरेर पाँच मिनेटको समय दिएका थिए । तर, विपक्षी दलका सांसदहरू मतदान प्रक्रियामा सामेल भएनन् । विपक्षी दलका नेताहरूले खानले धाँधली गरेको आरोप लगाएको छ ।

विपक्षी दलका सांसदले मतदान बहिस्कार गर्दै संसद् भवन बाहिर नारा–जुलुस गरेका थिए । मतदानका लागि सभामुखले पाँच मिनेटको समय दिएपनि विपक्षी दलका सांसदहरू मतदान प्रक्रियामा सामेल भएनन् । विपक्षी दलका नेताहरूले खानले धाँधली गरेको आरोप लगाएका छन् ।

यसक्रममा प्रधानमन्त्री इमरान खानको दलका कार्यकर्ता र विपक्षी दलका सांसद र नेताहरूबीच संसद भवनबाहिर झडप भएको छ ।

प्रतिक्रिया