मेयर कप क्रिकेट : पुलिसद्वारा बागमतीलाई ७३ रनको लक्ष्य

काठमाडौं । मेयर कप एकदिवसिय क्रिकेटमा नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई ७३ रनको लक्ष्य दिएको छ ।

मूलपानीमा मैदान हिलो भएपछि ३८ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको पुलिसले २६ औं ओभरमा ७२ रनमा अलआउट भएको हो ।

पुलिसले ११ रनमा पहिलो विकेट गुमाएको पुलिसले मात्र १९ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।
उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुनील धमला दिलिप नाथ र अनिल शाहले समान १०–१० रन बनाए भने कप्तान मञ्जित श्रेष्ठले १५ रनको योगदान गरे ।

वाग्मतीका अरियो पौडेलले चार तथा नन्दन यादवले तीन विकेट लिए ।

प्रतिक्रिया