मेस्सी उत्कृष्ट खेलाडी

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।

ला लिगाले मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान गरेको हो । यो अवार्ड महिनाभरिको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।

मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए । उनी मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

उनले यो सिजन १९ गोल गरिसकेका छन् । उनको टिम बार्सिलोना ला लिगामा ५३ अंकसहित दोस्रो स्थानमा छ । ५८ अंक जोडेको एट्लेटि मड्रिड शीर्ष स्थानमा छ ।

प्रतिक्रिया