मेयर्स कप: आर्मीविरुद्ध फिल्डिङ गर्दै एपीएफ

काठमाडौँ । काठमाडौं मेयर्स कप २०७७ को उद्घाटन खेलमा नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ रोजेको छ ।

गत महिना भएको पीएम कपको फाइनलमा एपीएफलाई हराउँदै आर्मीले उपाधि उचालेको थियो । आज एपीएफ त्यो खेलको बदला लिने धुनमा छ । आजको खेलमा आर्मीका मुख्य तीन खेलाडी उपस्थित छन् ।

अबुधावी टी-१० लिग खेल्न गएका आर्मीका करण केसी, कुशल मल्ल र सोमपाल कामी आज खेल्दैछन् । प्रतियोगितामा आजै वाग्मति प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् ।

तर, मैदान हिलो भएका कारण खेल केही ढिलोगरि शुरु हुने एन्फाले जनाएको छ । प्रतियोगितामा पीएम कपको सेमिफाइनल खेलेका ४ टीम र मेयर ११ गरि ५ टिमले खेल्नेछन् । लिगको शीर्ष स्थानमा रहने २ टिमले फाइनल खेल्नेछन् ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।

प्रतिक्रिया