अमेरिकाद्वारा दुई माध्यमिक विद्यालयका भवन हस्तान्तरण

काठमाडौँ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले दुईवटा माध्यमिक विद्यालयका पुनर्निर्मित भवन हस्तान्तरण गरेका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का नेपाल निर्देशक सेपिडे केभान्शाडसँगै बेरीले शुक्रबार उक्त भवन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र एसियाली विकास बैंक (एडीबी)का अफिसर-इन-चिफ शरद भण्डारी उपस्थित थिए । नेपालका २९ स्थायी विद्यालयका भवन पुनर्निर्माण सम्पन्न गर्नका लागि अमेरिकी सरकारले युएसएआईडीमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको थियो ।

तीमध्येका थप दुई विद्यालयहरू शुक्रबारबाटै प्रयोगका लागि तयार भएको अमेरिकी राजदूतावासले जनाएको छ । हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै राजदूत बेरीले बालबालिकालाई विद्यालय फर्काउने नेपालको प्राथमिकता अमेरिकी सरकारको पनि प्राथमिकता रहेको बताए ।

प्रतिक्रिया