आगलागी पीडितलाई प्रदेश सरकारको राहत

विराटनगर । प्रदेश सरकारले ताप्लेजुङ आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ । फागुन १८ गते ताप्लेजुङ्गको मेरिङदेन-३ दोभानमा भएको आगलागी पीडितलाई राहत उपलब्ध गराइने भएको हो ।

घटनाको बिहीबार स्थलगत निरीक्षण गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबैलाई स्तव्ध बनाएको बताउँदै पीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराए । पीडित परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार नगद, डेराभाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने उनले बताए ।आगलागी प्रभावित ठाउँको पुनः निर्माणमा प्रदेश सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको भनाई छ । संघीय सरकारसँगको समन्वयमा थप सहयोगका लागि हाम्रो पहल हुनेछ,’ राईले भने, ‘आगलागीमा परी घाइते हुनु भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’

प्रतिक्रिया