यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन २१ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–सप्तमी,४३ घडी ०८ पला, बेलुकी ११ बजेर ४२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–अनुराधा,४९ घडी ३६ पला,रातको ०२ बजेर १७ मिनेट उप्रान्त ज्येष्ठा । योग–हर्षण,४४ घडी ४५ पला,रातको १२ बजेर २१ मिनेट उप्रान्त बज्र । करण–भद्रा,मध्यान्ह १२ बजेर ५२ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान २९ घडी ०८ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर २७ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर २८ मिनेटदेखी बिहान ७ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ५५ मिनेटदेखी बिहान ९ बजेर २१ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर २३ मिनेटदेखी बिहान १० बजेर ४९ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५० मिनेटदेखी मध्यान्ह १२ बजेर १६ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १७ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर ११ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर १२ मिनेटदेखी बेलुकी ४ बजेर ३८ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ३९ मिनेटदेखी बेलुकी ७ बजेर ३८ मिनेटसम्म रोग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर ४८ मिनेटदेखी मध्यान्ह १२ बजेर १६ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कष्ट भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले मेसिन तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु तपाईँकै व्यावहारले टाडिन सक्छन् । काम तथा अध्ययनको सवालमा कष्टकर यात्रा नहोला भन्न सकिन्न । आफ्नो गोप्य कुरा अरुले थाहापाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । मन मिल्ने साथिसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ भने घर परिवारको पति पत्नी बीच मनमुटाव बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ । घरायसी काममा समय र धन खर्च हुने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । तयारि बिनानै महत्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेकोछ । पढाइ लेखाइमा सोचेजस्तो प्रगती हुने तथा अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेकोछ । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुसि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । खाद्यान्न,धातु तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जानेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीको सहयोगले राम्रा काम गर्र्न सकिनेछ । साझपख छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगति गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानि गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यून पारिश्रमिकमा दिनभर व्यास्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च हुनेछ । अन्यकाममा सहभागि हुँदा पढाइ लेखाइ भने थाति रहनेछ । तरपनि यात्राको तय हुनेछ भने बिदेशि भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरकारी कामकाजमा ढिला सुस्ति हुने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिशेष मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । लामो समयदेखि रोकिएर बसेका सरकारी तथा घरायसी कामहरु बन्नेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । सामाजिक काम गर्नुपर्ने बाध्यता आउने तथा व्यापार व्यावसायमा समय दिन नसकिने हुनाले अन्य दिनको तुलनामा आम्दानी कम हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया