गैँडाको आक्रमणबाट महिलाको मृत्यु   

नवलपरासी (पूर्व) । मध्यविन्दु नगरपालिका-१२ नयाँबेलहानी बस्ने एक महिलाकाे गैँडाको आक्रमणबाट मृत्यु भएकाे छ ।

४४ वर्षीया फविसरा विकको गैँडाको आक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हाे । खेतमा घाँस काट्ने क्रममा गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया