डिशहोमले मेयर कप क्रिकेटकाे प्रत्यक्ष प्रशारण गर्ने

काठमाडाैं । डिशहोमले नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित एक दिवसीय मेयर कप पुरुष क्रिकेटकाे प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ । प्रत्यक्ष प्रशारणका लागि डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको भएकाे हाे ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने ‘मेयर कप पुरुष क्रिकेट-२०७७’ मा तीन विभागीय टोली, एक वाग्मती टोली र काठमाडाैं महानगरपालिका टोली गरी पाँच टाेलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता पनि डिशहोमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया