विद्यार्थीलाई आपत्तिजनक म्यासेज गर्ने शिक्षक पक्राउ

चितवन । चितवनमा विद्यार्थीलाई आपत्तिजनक म्यासेज गर्ने एक शिक्षक पक्राउ परेका छन् । रत्ननगरको क्रिस्टल कलेजमा अध्ययनरत एक छात्रालाई आपत्तिजनक म्यासेज पठाउने सोही कलेजका शिक्षक हरि न्यौपाने पक्राउ परेका हुन् ।

कक्षा १२ मा अध्ययनरत १६ वर्षीय एक छात्रालाई म्यासेज गर्ने खैरहनी- २ निवासी ४० वर्षीय न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले समावेशी खबरलाई जानकारी दिए ।

उनलाई साार्वजनिक हित तथा नैतिक कसुरअन्तर्गत कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ । विद्यार्थीलाई आपत्तिजनक म्यासेज गर्ने शिक्षकलाई कलेजबाट निष्काशनसमेत गरिएको कलेजका प्राचार्य एकबहादुर जिसीले जानकारी दिए ।

प्रतिक्रिया