पाकिस्तान सुपर लिग क्रिकेट स्थगित

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट अनिश्चित समयका लागि स्थगित भएको छ । केही टिमका खेलाडी र प्रशिक्षकमा कोभिड १९ देखिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सबै टिमका म्यानेजर र व्यवस्थापकसँग भर्चुअल छलफल गरी पीसीबीले आपत्कालीन बैठक बसेर प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबार बिहान तीन जनासहित अहिलेसम्म प्रतियोगिता खेल्न गएका सात जनामा कोभिड-१९ देखिएको छ । पीसीबीले विज्ञप्ति निकालेर प्रतियोगितामा सहभागी सबैको स्वास्थलाई पहिलो प्राथमिकतामा राखेर अहिलेका लागि स्थगित गर्नुपरेको जनाएको छ ।

पीएसएलमा यो सिजनमा पाँचौं चरणका खेलहरु भइरहेका थिए ।

पीएसएलका बाँकी खेल कहिलेबाट शुरु गर्ने भन्नेबारेको जानकारी भने पछि दिने जनाइएको छ ।

पीएसएल खेल्न नेपाली क्रिकेटर सन्दिप लामिछाने पनि पाकिस्तान पुगेका थिए । उनले एक खेल पनि खेल्न नपाउँदै प्रतियोगिता स्थगित भएको हो ।

प्रतिक्रिया