मल अभाव हुँदैन : कृषिमन्त्री अर्याल

काठमाडाैं । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषिमलको समस्या सधैंको लागि अन्त्य भएको बताएकी छिन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैंको लागि अन्त्य भएको बताएकी हुन् ।

आफुले मन्त्रालय सम्हालेपछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति गर्न थालेपछि मलको समस्या हटेको बताइन् ।

मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखाना स्थापना गर्ने गरि काम अगाडी बढेको पनि उनले जानकारी दिइन् ।  मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनले बताइन् ।

कृषि तथा पशुपंक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरि प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपुर्तिकाे प्रक्रिया यहि महिनाबाट सुरु गरिने छ ।

प्रतिक्रिया