पोलार्ड बने एकै ओभरमा ६ छक्का हान्ने तेश्रो ब्याट्स्म्यान

एजेन्सी । वेस्ट इण्डिजका आक्रामक ब्याट्सम्यान किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

श्रीलंकासँगको पहिलो ट्वेन्टी/ट्वेन्टी क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा पोलार्डले श्रीलंकाली बलर अकिला धनन्जयको बलिङमा ६ छक्का प्रहार गरेका हुन् ।

यससँगै पोलार्ड अन्तर्राष्ट्रिय क्रिकेटका एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाका हर्सल गिव्स र सन् २००७को ट्वेन्टी–ट्वेन्टी विश्वकपमा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

एक दिवसीय क्रिकेटमा भने अहिलेसम्म हर्सल गिब्सले मात्र एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् ।

प्रतिक्रिया