मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बलात्कार आरोपित पक्राउ

सप्तरी । एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए । आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो । खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा वि.सं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताइन् । – रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com