‘साहेब, मैले आफ्नी छोरीको घाँटी काटिदिएँ’ भन्दै जब बाबु चाैकी पुगे…

काठमाडाैं । भारतकाे उत्तर प्रदेशको हरदोई जिल्लामा एक पिताले १८ वर्षीया आफ्नै छोरीको हत्या गरेका छन् । पान्डेतारा गाउँका बासिन्दा सर्वेशले छोरीको हत्या गरेका हुन् ।

 

गर्धन छिनाई काटिएकाे छाेरीकाे टाउको लिएर सर्वेश प्रहरी कार्यालय पुगेपछि घटना बाहिर आएकाे हाे । प्रहरी कार्यालयसमक्ष आफूले हत्या गरेको बताएकाे भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएकाे छ ।

‘साहेब, मैले आफ्नी छोरीको घाँटी काटिदिएँ !’ भन्दै छोरीको काटिएको टाउको कुनै कपडाले नढाकीकन उनी प्रहरी कार्यालय पुगेका थिए । यसाे भनिरहँदा उनीमा अलिकति पनि पश्चातापकाे भाव नदेखिएको प्रहरीले जनाएको छ । छोरीलाई २ दिनअघि गाउँकै आदेश नामका केटासँग आपत्तिजनक अवस्थामा फेला पारेपछि आफूले उनकाे हत्या गरेकाे बयान दिएका छन् ।

त्यसबेला भने उनी चुपचाप बसेका थिए । तर बिहीबार पत्नी खेतमा गएपझि छोरी घरमा एक्लै भएको मौका पारेर उनले धारिलो हतियारले छोरीको हत्या गरेका हुन् । उनकाे बयानपछि घटनास्थल पुगेकाे प्रहरीले रगतले भिजेर उनकाे छोरीकाे शव लडिरहेकाे अवस्थामा फेला पारेकाे थियाे ।

अहिले ती बाबुलाई प्रहरीले हिरासतमा राखेको छ ।

प्रतिक्रिया