कोपा डेल रे : बार्सिलोना फाइनलमा

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा हार बेहाेरेकाे बार्सिलाेनाले बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा सेभिल्लालाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलमा बार्सिलोनाका लागि डेम्बे, इन्जुरी पिके र ब्रेथवेटले एक/एक गोल गरे ।

पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो ।

प्रतिक्रिया