यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल फाल्गुन २० गते । बिहीबार । ईश्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–षष्ठी,४८ घडी ५७ पला, रातको ०२ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– विशाखा,५३ घडी ३६ पला,रातको ०३ बजेर ५४ मिनेट उप्रान्त अनुराधा । योग–ध्रुव,०० घडी १६ पला,बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त व्याघात । करण–गर,दिउसो ०३ बजेर १४ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ०३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्र्रवद्र्ध योग । चन्द्रराशि–तुला,बेलुकी १० बजेर १९ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान २९ घडी ०४ पला ।

आजको बार बेला 

बिहान ०६ बजेर २८ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर २९ मिनेटदेखी बिहान ७ बजेर ५५ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ५६ मिनेटदेखी बिहान ९ बजेर २२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर २३ मिनेटदेखी बिहान १० बजेर ४९ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५० मिनेटदेखी मध्यान्ह १२ बजेर १६ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १७ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर ११ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर १२ मिनेटदेखी बेलुकी ४ बजेर ३८ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ३९ मिनेटदेखी बेलुकी ७ बजेर ३८ मिनेटसम्म अमृत बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल

दिउसो ०१ बजेर ४३ मिनेटदेखि दिउँँसो ३ बजेर १० मिनेटसम्म रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायमा मनमुटाव सिर्जना भई साझेदारहरु बीच फाटो हुन सक्छ, ध्यान दिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अघि नै विभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुन सक्छ । आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुनेछ भने कसले के गर्ने भन्ने बिवाद सिर्जना हुनेछ । खानपान तथा बाताबरणको ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ । भौतिक साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ । सन्तान तथा आफन्तबाट सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानि हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भाैतिक सम्पति लाभ हुने योग रहेको छ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाईँले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खँदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागी भने समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकिबाट तपाईँले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । लेखन शैलीको विकास हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईँको बलियो पकड रहने हुनाले मन प्रशन्न रहनेछ । मांगलिक तथा सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा सहयोगिको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ । आफ्नाे भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु ब्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुःख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । यात्राको योग रहेको छ भने विदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगती गर्न सकिने हुनाले गुरुवर्गहरु खुसि हुनेछन् । सरकारी धन तथा पैत्रिक धन सम्पती हात लाग्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मान–सम्मानमा बृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक अनुष्ठान तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुनाले सकारात्मक नतिजा आउनेछ । बुद्धिको उपयोगले राम्रा काम गर्न सकिने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा सहयोगिहरु टाढिने हुँदा एक्लोपनको महशुष हुनेछ भने सहयोग गर्नेहरु कमै भेटिनेछन् । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी आजको दिनले साथ दिने छैन । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्ने तथा उपचार खर्च बढेर जानेछ । सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया