प्रधानमन्त्रीको प्रस्ताव आए पछि हटिन्न : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर प्राप्त भए जिम्मेवारी लिनबाट पछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा पार्टीले आयोजना गरेको एक सभामा बोल्दै सभापति देउवाले कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको खण्डमा पछि नहट्ने बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ‌‌‌ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि सत्तारूढ ओली पक्ष र दाहाल-नेपाल पक्षले कांग्रेससँग सहकार्य गर्दै सरकार चलाउने अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिक्रिया