दलित शून्य र महिला न्यून भएको भन्दै जनकपुर साहित्य महोत्सवको आलोचना

काठमाडौँ । सुरू नहुँदै जनकपुर साहित्य महोत्सव विवादमा तानिएको छ । महोत्सवमा महिला वक्ताको संख्या न्यून भएको र दलितको संख्या शून्य भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

महोत्सवको अधिकांश प्यानलमा पुरुषलाई मात्रै वक्ता बनाएपछि केही व्यक्तिले विरोध जनाएका हुन् ।

महोत्सवमा आफ्नो सेसनमा कुनै पनि महिला वक्ता नभएको भन्दै विश्लेषक हरि शर्माले आफूले उक्त ‘सेसन’मा भाग नलिने बताइसकेका छन् भने सोही सेसनमा वक्ताको रुपमा सहभागी हुने भनिएका अमित ढकालले पनि आफ्नो सहभागिता फिर्ता लिएका छन् ।

प्रतिक्रिया