दाहाल–नेपाल समूहद्वारा नेम्वाङ्गसहितका नेताहरुलाई कारबाही

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गसहितका नेताहरुलाई कारबाही गरेको छ । पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै यो समूहले नेम्वाङ्गलाई स्थायी कमिटीबाट निलम्बन गरेको हो ।

समूहका नेता वर्षमान पुनले दिएको जानकारीअनुसार महेश बस्ने, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालगायतका नेताहरुलाई केन्द्रीय सदस्यबाट निष्कासन गरेको छ । उनीहरुले पनि पार्टी हितविपरीत गतिविधि गरेकाले निलम्बन गर्नुपरेको नेताहरुले बताएका छन् ।

यस्तै नेता नेम्वाङ्गलाई संसदीय दलको उपनेताबाट पनि कारबाही गर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया