जनकपुर लिटरेचर फेस्टिबलमा हरि शर्मा सहभागी नहुने

काठमाडौं । जनकपुर लिटरेचर फेस्टिबलमा आफ्नो सेसनमा कुनै पनि महिला वक्ता नभएको भन्दै विश्लेषक हरि शर्माले आफूले उक्त सेसनमा भाग नलिने बताएका छन् ।

बुधबार सामाजकि सञ्जाल ट्विटरमा लेख्दै शर्माले आफूलाई बोलाइएको सेसनमा पुरुषमात्रले भाग लिने भन्ने थाहा भएपछि उक्त फेस्टिबलमा आफू सहभागी नहुने जनाएका हुन् ।

यस्ता किसिमका निमन्त्रणाहरू स्वीकार गर्ने विषयमा भविष्यमा आफू केही सतर्क रहने भन्दै उनले गल्तीबाट नै सिकिने कुरा बताएका छन् ।

प्रतिक्रिया