पाक्तिन : अफगानिस्तानकाे पहिलाे टेस्ट अम्पायर

अफगानिस्तान र जिम्बावेकाे पहिलाे टेस्ट क्रिकेटमा चार जना खेलाडीले डेब्यु गरेका थिए ।

त्यसबेला थप एकजना पनि खेल मैदानमा नयाँ देखिन्थे । उनी थिए ४४ वर्षीय अहमद शाह पाक्तिन । उनी अफगानिस्तानको पहिलाे टेस्ट अम्पायरको भूमिका मैदानमा देखिएका थिए ।

विश्वकै चर्चित अम्पायर पाकिस्तानका अलिम दार  पनि सोही खेलमा अम्पायर थिए । 

पाक्तिनले सन् २०१७ को जनवरीमा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायरको रूपमा डेब्यु गरेका थिए । यसअघि पनि १५ वटा एक दिवसीय र २० वटा ट्वान्टी/ट्वान्टी क्रिकेटमा अम्पायरको रूपमाउनी  मैदानमा उत्रिसकेका छन् ।

सन् २०१९ को मार्चमा अफगानिस्तान र आयरल्यान्डबीच भएको टेस्टमा पाक्तिन अफ्गानिस्तानका प्रथम टिभी अम्पायर भएका थिए भने त्यसको १० महिनापछि जनवरी २०२० मा आइसिसीको मेन इभेन्टमा प्रथम अफगान अम्पायरको रूपमा आफूलाई उभ्याएका थिए । त्यसबेला उनी दक्षिण अफ्रिकामा भएको अन्डर-१९ विश्वकप क्रिकेटमा अम्पायर बनेका थिए ।

अहिलेसम्म ‘एलिट प्यानल अफ अम्पायर्स’मा अफगानिस्तानको प्रतिनिधित्व गर्ने मौका कसैले पाएका थिएनन् । अहिले त्यसअन्तर्गतको अन्तर्राष्ट्रिय समूहमा पाक्तिनसहित अहमद शाह दुर्रानी‚ विस्मिल्लाह जान सिनवारी र इजातुल्लाह सफी रहेका छन् ।

दुर्रानीका लागि पनि अहिले भइरहेको टेस्ट नै डेब्यु खेल हो । उनी पाक्तिनपछि अफगानिस्तानका दोस्रा टिभी अम्पायर हुन् । दुर्रानीले सन् २०१६ को डिसेम्बरदेखि आफ्नो अन्तर्राष्ट्रिय अम्पायरिङको करियर सुरु गरेका थिए ।

प्रतिक्रिया