लघु चलचित्र ‘मन बार’ ट्रेलर

काठमाडौँ । लघु चलचित्र ‘मन बार’ को ट्रेलर सार्वजनिक भएको छ । एक मिनेट १२ सेकेन्डको ट्रेलरमा सुरक्षा पन्त र कोसिस छेत्रीलाई देख्न सकिन्छ । चलचित्रमा अल्लारे प्रेमलाई विषयवस्तु बनाएको ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ । सुरक्षाले हाल सम्म गरेका चरित्र भन्दा भिन्न चरित्र यो चलचित्रमा निभाएकी छन् । चलचित्रमा जीवन शाहीको निर्देशन, रुपेन्द्र खड्गीको कथा तथा नीरज कँडेलको छायाङ्कन रहेको छ । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन् भने शृङ्गार नन्दा अधिकारीको रहेको छ ।

प्रतिक्रिया