ताप्लेजुङको दोभानमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको हो ।

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा मंगलबार बिहानैदेखि लागेको आगलागीबाट ३३ घरधनीका ४९ घर जलेर नष्ट भएको बताइएको छ ।

दोभान बजार ताप्लेजुङको सदरमुकाम फुङलिङपछि दोस्रो ठूलो र व्यस्त बजार हो । बजारका प्रायः घरहरू जोडेर बनाइएका‚ काठ र टिनबाट निर्माण भएकाले आगलागीको झन् बढी जोखिम भएको स्थानीय प्रेम गुरागाईंले जनाएका छन् ।

प्रतिक्रिया