‘प्रकाण्ड’को संयोजकत्वमा विप्लव नेकपाको वार्ता टोली

काठमाडाैं । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टाेली बनाएकाे केही समयपछि नै नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले पनि वार्ता टाेलीको घाेषणा गरेकाे छ ।

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा विप्लवले आफूपक्षीय टाेली गठन गरेका हुन् । दुई सदस्यीय टोलीमा प्रकाण्डसँगै उदयबहादुर चलाउने ‘दिपक’ रहेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेको केही समयपछि विप्लवले पनि टोली गठन गरेका हुन् ।

मंगलबार नै सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि बादलको संयोजकत्वमा टोली बनाएको थियो ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो दलमाथि लागेको प्रतिबन्ध हटाउने वा नहटाउने भन्ने विषय वार्ताबाटै टुङ्गिने बताएका छन् ।

‘उहाँहरुलाई लागेका मुद्दाहरु, हतियार बुझाउने कुराहरू, उहाँहरूसँग सम्बन्धित कुराहरूबारे छलफलका लागि नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा गरियो भने वार्ताको औचित्य नै समाप्त हुन्छ । त्यसैले वार्ताबाट नै समस्या समाधान गर्ने भनेर हामीले प्रेस विज्ञप्तिमा नै उल्लेख गरेका छौँ । वार्ताबाट नै सबै समस्याको समाधानका लागि नै वार्ता टोली गठन गरिएको हो‚’ उनले भने ।

No description available.

प्रतिक्रिया