मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

फुङलिङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भएको छ । बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको हो ।

स्थानीय गणेश कार्कीका अनुसार दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको छन् । ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ ।’

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । ‘म पनि आगलागी क्षेत्रमा जाँदै छु,’ उनले भने, ‘आगलागी भीषण छ भन्ने खबर आएको छ ।’ -रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com