बस र माेटरसाइकल ठाेक्किँदा दुई जनाको मृत्यु

काठमाडाैँ । कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ वनहरा जंगलमा धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख १७६४ नम्बरको बसले विपरीत दिशामा रहेको म ३ प १४८० नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार भिनपा-४ का २४ वर्षीय दिनेश दमाई र २७ वर्षीय प्रकाश दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

घाइतेको उपचारका लागि महाकाली अस्पताल लगिएकोमा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक वेदकोट नगरपालिका घर भएका माधव सिंह गडाल र बसलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया