यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन १८ गते ।मंगलबार । ईश्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि– तृतीया,०६ घडी २० पला, बिहान ०९ बजेर २० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–हस्त,०५ घडी ३७ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त चित्रा । योग–गंड,१५ घडी ३२ पला,दिउसो १२ बजेर ४२ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा,बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त बव,बेलुकी ०७ बजेर ५६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कन्या,बेलुकी ०८ बजेर ०० तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान २८ घडी ५५ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३० मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ३१ मिनेटदेखी बिहान ७ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ५७ मिनेटदेखी बिहान ९ बजेर २३ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर २४ मिनेटदेखी बिहान १० बजेर ५० मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखी मध्यान्ह १२ बजेर १७ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर १० मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर ११ मिनेटदेखी बेलुकी ४ बजेर ३७ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ३८ मिनेटदेखी बेलुकी ७ बजेर ३७ मिनेटसम्म काल बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर १० मिनेटदेखी बेलुकी ०४ बजेर ३७ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग तथा बन्द व्यापारमा समय लगानी गरी सामान्य धन आर्जन गर्न सकिनेछ । विशेष गरी औषधीजन्य,खाद्यान्न र निर्माण सामाग्री सम्बन्धीत पेशा व्यावासायमा समय खर्चनेहरुले धन सम्पती आर्जन गर्न सकिनेछ । राज्यलाई सामान सप्लाई तथा राज्यको नजिक भई काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । अध्ययनमा प्रविधिको प्रयोग गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगती हुनाले आफन्त तथा गुरुवर्गहरु खुशि हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पती लाभ हुने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी आजको समय उत्तम रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । वंश वृद्धिको गतिलो योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रत्येक काममा बाधाअडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागी संघर्ष गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ । निर्माण सामाग्री तथा दैनिक उपभोग्य उद्योग र व्यापारबाट विशेष फाइदा लिन सकिनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । राम्रा काम गरि नाम र दाम दुवै कमाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च मुल्याङन हुनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवन साथिको सहयोगले मन प्रफल्लित हुनेछ । अध्यनमा प्रगती हुने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईँकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अवसर आए पनि तपाईँ आफ्नै कारणले काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । शुभ चिन्तकहरूले आफ्ना कमजोरी थाहा पाई आलोचना गर्न सक्छन् । स्वास्थ्यका लागि खानपान र वाहिरी वातावरणमा प्रति सचेत रहनुहोला । अनावश्यक भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनु नै उचित हुनेछ । पति पत्नी बीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउने तथा दैनिकी कष्टकर नहोला भन्न सकिन्न । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभबाट बञ्चित होईनेछ । तरपनि यात्रासँग सम्बन्धीत काम हुनेछन् भने अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समय फलदायी रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपूर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडी बढ्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान प्राप्त हुनेछ । साथी तथा आफन्तसँग भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गा जमिनको कारोबारबाट केही मात्रामा फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ भने प्रयत्न गर्दा पद प्राप्तीको गतिलो योग रहेकोछ । स्वास्थ्य सबल रहने हुनाले व्यवसायिक क्षेत्र र कृषि क्षेत्रमा समय लगानि गरि आम्दानी बढाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुनाले मन खुसि हुनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुनाले काम गर्न जागर बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धि न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरि सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेकोछ । पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । भौतिक सम्पती तथा विलाशी बस्तुको हात लागि हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया