योगी नरहरिनाथको १०७औं जन्मजयन्ती मनाइँदै
२०७७ फागुन १७ गते

काठमाडौं । योगी नरहरीनाथको एक सय सातौं जन्मजयन्तीको अवसरमा मृगस्थली क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ ।
नरहरीनाथको समाधि परिसर रहेको गौरक्षनाथ पीठ क्षेत्रमा सोमबार विभिन्न कार्यक्रमहरु आयोजना गरिएको हो।
श्रीबृहदाध्यात्मिक परिषद्ले आयोजना गरेको उक्त कार्यक्रममा साधुसन्तलगायतको उपस्थिति रहेको थियो।
विसं २०७१ साल फागुन १७ गते कालिकोटमा जन्मिएका योगी नरहरिनाथ २००४ कात्तिक २० गतेदेखि मृगस्थलीमै बस्न थालेका थिए ।
त्यस वर्ष उनलाई २००४ पुस ४ गतेदेखि गोरखनाथ मठको पीर महन्तको रूपमा नियुक्त गरिएको थियो ।
योगी नरहरीनाथको २०५९ साल साउनमा निधन भएको थियो।
२०७७ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








