अवैध भारतीय नोटसहित एकजना पक्राउ

सिरहा । प्रहरीको टोलीले दुई लाख ५० हजार अवैध भारतीय नोटसहित सिरहाबाट सोमबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सहरसा ग्राम किसनपुर पञ्चायत–२ निवासी ६० वर्षीय चतुरी यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई दुई हजार रुपैयाँ दरको तीन थान र ५०० दरको ४८८ थान गरी दुई लाख ५० हजार रुपैयाँ अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया