‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयाेगमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे सेटिङ्ग भत्किने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीले सर्वाेच्च अदालतमा गरेकाे सेटिङ्ग भत्किसकेकाे र आयाेगमा गरेकाे सेटिङ्ग पनि भत्किने बताएका हुन् ।

‘सर्वोच्चको सेटिङ्ग भत्किसक्यो,’ अध्यक्ष दाहालले भने, ‘हेर्नु होला, अब निर्वाचन आयोगवाला सेटिङ्ग पनि भत्किँदैछ ।’
उनले सूर्य चिन्ह आफ्नाे पक्षले पाउने दाबी पनि गरे ।  ‘सूर्य चिह्न हामीले पाइसक्यौँ,’ अध्यक्ष दाहालले भने, ‘अब घोषणा हुन मात्रै बाँकी छ ।’

ओलीले कुर्सी र सत्ताका लागि जस्तो पनि सम्झौता गर्ने अध्यक्ष दाहालले आराेप पनि लगाए ।
‘केपीजीले कुर्सीको लालचमा जस्तो सम्झौता गर्नुहुने रहेछ,’ अध्यक्ष दाहालले भने, ‘यो तीन वर्षभित्र राम्रै थाहा भयो । पहिले जानिएन ।’

प्रतिक्रिया