प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक जारी छ । संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर अगाडि बैठक सुरु भएको हो ।

नेता योगेश भट्टराईका अनुसार संसद् बैठकको मिति नजिकिदै गर्दा कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेका हुन् । यसअघि पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा)मा बस्ने गरेको बैठक पार्टी विभाजनपछि पहिलोपटक संसदीय दलको कार्यालयमा बसेको हो ।

संसद् विघटनको कदमपछि नेकपा दुई समूहका विभाजित छ । तर सर्वोच्च अदालतले गत ११ फागुनमा संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सोही अनुसार सरकारले फागुन २३ गतेका लागि संसद् बैठक बोलाएको छ ।

प्रतिक्रिया