टोटनह्यामको जितमा ग्यारेथ बेलको दुई गोल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बर्नलीमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले बर्नलीमाथि ४-० को फराकिलो जित हासिल गरेको हो ।

टोटनह्यामको जितमा ग्यारेथ बेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । बेलले टोटनह्यामका लागि २ गोल गरेका थिए भने २ गोल असिस्ट गरेका थिए । त्यस्तै टोटनह्यामका लागि ह्यारी केन र लुकास मोउराले एक एक गोल गरेका थिए ।

योजितपछि टोटनह्यामको २५ खेलमा ३९ अंक भएको छ र लिगमा आठौं स्थानमा रहेको छ । त्यस्तै बर्नलीको भने २६ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया