यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन १७ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–द्वितीया,११ घडी २४ पला, बिहान ११ बजेर ०४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराफाल्गुनी,०८ घडी ५४ पला,बिहान १० बजेर ०४ मिनेट उप्रान्त हस्त । योग–शूल,२२ घडी ४१ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त गंड । करण–गर,बिहान ११ बजेर ०४ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ०५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान २८ घडी ५१ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३१ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ३२ मिनेटदेखी बिहान ७ बजेर ५७ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ५८ मिनेटदेखी बिहान ९ बजेर २४ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर २५ मिनेटदेखी बिहान १० बजेर ५० मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखी मध्यान्ह १२ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर १० मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ११ मिनेटदेखी बेलुकी ४ बजेर ३७ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ३८ मिनेटदेखी बेलुकी ७ बजेर ३७ मिनेटसम्म चर बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०७ बजेर ५७ मिनेटदेखी बिहान ०९ बजेर २३ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै उपलब्धी हासिल गर्न सकिनेछ । लामो समयदेखि रोकिएर बसेका न्यायलयसँग सम्बन्धीत मुद्दाहरु किनारा लाग्नेछन् । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । समाजमा राम्रा काम गर्न सकिने तथा प्रतिष्ठित काम गरि नाम कमाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ऋण तथा रोगबाट मुक्ति पाईने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उन्नती, प्रगती र शैक्षिक क्षेत्रमा ध्यान जानेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषय बस्तुहरु अरुले नै दाबी गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् भने रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ज्ञानगुन र दार्शनिक विषयमा ध्यान जानेछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले राम्रा काम गर्न सकिने तथा सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । परिवारका साथ मिठो मसिनो भाजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेको असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुने छैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घर परिवारमा आफन्तहरु वीच घरायसी कुरामा राय बाजिनेछ । राज्यबाट नजिक भई काम गर्नेहरुले ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगती हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेकोछ । पछाडी कुरा काट्ने तथा शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ हुन सक्छ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरी आर्थिक रुपमा सवल हुन सकिनेछ । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेमम रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउमा समय खर्चनु पर्ने हुन सक्छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुने योग रहेकोछ । सामाजिक काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । समयले बिभिन्न चुनौति निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्ने खतरा रहेकोछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ । स्वास्थ्यका लागी व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला । आफन्त तथा चेलिहरुसँग विवाद बढ्ने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मत भन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया