विराटनगरमा तीन श्रष्टा सम्मानित

विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना श्रष्टालाई सम्मान गरेको छ । विराटनगरको आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा आख्यानकार भागिरती श्रेष्ठ, सहित्यकार कबिराज पोखरेल र कवि निमेश निखिल सम्मानित भएका हुन् ।

प्रतिष्ठानले आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ समर्पण गरिएको छ । पाँच दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठका उपान्यास र कथासंग्रह प्रकाशित छन् ।

त्यसैगरी १५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति विशेष पुरस्कार’ साहित्यकार कविराज पोखरेल र ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’ कवि निमेष निखिललाई प्रदान गरिएको प्रतिष्ठानका सचिव सुमन पोखरेलले जानकारी दिए ।

सोही अवसरमा युवाकवि दीपक शम्चूको ‘अनुहारमा आप्पा’ कवितासंग्रहको विमोचन गरिएको छ । विमोचित कृतिका विषयमा समालोचक भूषण ढुंगेलले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया