‘यो जोसँग सम्बन्धित छ’ सार्वजनिक

विराटनगर । उद्योगी लक्ष्मण नेवटियाको लघु कथा संग्रह ‘यो जोसँग सम्बन्धित छ’ विमोचन गरिएको छ । लघुकथा समाज प्रदेश-१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेवयटियाको कृतिको विमोचन गरिएको हो ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, साहित्यकार विधान आचार्यलगायतले संयुक्त रुपमा संग्रहको विमोचन गरे । नेपाली साहित्यमा लघु कथा समाजको ऐन भएका् उल्लेख गर्दै साहित्यकारहरुले कृतिले एउटा सन्देश बोकेर आएको बताए । साहित्यकार भूषण ढुंगेलले बिमोचन भएको कृतिबारे समिक्षा गरेका थिए ।

समाजलाई बुझ्न विमोचित कृति पढ्नु आवश्यक रहेको समिक्षक ढुंगेलले बताए । पढ्न सुरु गरेपछि नसकिकन उठ्नै मन नलाग्ने कृति ‘यो जोसँग सम्बन्धित छ’ लघु कथा संग्रह भएको उनको भनाई छ । लघुकथा समाजका केन्द्रित अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले व्यस्त समयमा लामा भन्दा छोटा सिर्जनाको माग भइरहेको बताए । उनले नेवटियाको कथासंग्रहमा छोटा तर चोटिला लघुकथाहरु समावेश गरिएको उल्लेख गरे ।

प्रतिक्रिया