प्रचण्डद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेश

काठमाडौं । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवहेलना मुद्दामा जवाफ दिएका छन् । अध्यक्ष दाहाल आइतबार सर्वोच्च पुगी जवाफ पेश गरेका उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध रिट दायर परेको थियो । उक्त रिटमा बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न भनेका थियो । तत्पश्चात् अध्यक्ष दाहाल आज अदातल पुगेका हुन् ।

केही दिनपहिले काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा अध्यक्ष दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया