अलबिदा डाक्टर बा !

काठमाडौँ । झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन भएको छ । शनिबार राति काठमाडौँमा उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

उप्रेती नागरिक आन्दोलनका अभियान्ता सञ्जीव उप्रेतीका पिता हुन् । पूर्वी नेपालमा निकै लोकप्रिय उनी गरिब तथा असहायहरुको निःशुल्क उपचार गर्ने समाजसेवी थिए । र सर्वसाधारणका लागि उनी वरदानका रुपमा थिए ।

झापाको शनिश्चरे बजार नजिक रहेको निजी निवासमा करिब ५० वर्ष सर्वसाधारणलाई चिकित्सा सेवा दिएका थिए । अझ उप्रेतीप्रति महिलाहरूको पूर्ण भरोसा थियो । उनी कहाँ पुग्दा प्रसूति व्यथाले मरिँदैन भन्ने विश्वासका कारण धेरै सुत्केरी महिलाहरूको भीड लाग्ने गर्थ्यो ।

डा. उप्रेतीले हुनेसँग फी लिन्थे तर नहुनेलाई सित्तैमा उपचार गरिदिन्थे । उप्रेतीले २०१८ सालमा एमबीबीएस गरे । उनको ‘जीवन एक सपना’ नामक पुस्तक प्रकाशित छ ।

प्रतिक्रिया