पीएसएल खेल्न सन्दीप कराँची प्रस्थान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न कराँची प्रस्थान गरेका छन् । शुक्रबार साँझ सन्दीपको सम्झौता लाहोर कलन्दर्सबाट पक्का भएसँगै सन्दीप त्यसतर्फ प्रस्थान गरेका नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यसअघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन पीएसएल ड्राफ्टमा अनसोल्ड भएका थिए । तर, लाहोरका स्पिनर राशिद खान दुई खेलपछि टिम छाड्दै राष्ट्रिय टोलीमा फर्किएछि सन्दीपले मौका पाएका हुन् ।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया