यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन १५ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–पूर्णिमा,१९ घडी १९ पला, दिउसो ०२ बजेर १६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–मघा,१३ घडी १७ पला,बिहान ११ बजेर ५२ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सुकर्मा,३५ घडी २० पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त धृति । करण–बव,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त बालव, रातको ०१ बजेर २६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४३ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३३ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ३४ मिनेटदेखी बिहान ७ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ०० मिनेटदेखी बिहान ९ बजेर २५ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर २६ मिनेटदेखी बिहान १० बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५२ मिनेटदेखी मध्यान्ह १२ बजेर १७ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर १० मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर ११ मिनेटदेखी बेलुकी ४ बजेर ३६ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ३७ मिनेटदेखी बेलुकी ७ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर २५ मिनेटदेखी बिहान १० बजेर ५१ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ज्ञान,बुद्धि,विवेक प्रयोग गरेर काम गर्न सकिने तथा लाभ लिन सकिनेछ । छोराछोरीको कामबाट सन्तोष हुनेछ भने ईष्टमित्रले सहयोग गर्नेछन् । व्यापारमा सामान्य बृद्धि हुने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती उपहारको रुपमा प्राप्त हुनेछ । सरकार तथा राज्यपक्षबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेकोछ । घरगृहस्थीमा आफन्त तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मातापितासँगको सम्बन्धमा समेत दरार आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिहरुसँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्नी बीच अबिस्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागी दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै समय खर्चनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने सम्भावन रहेकोछ । गरेका काममा ढिलासुस्ती र अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । श्रमको उचित प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्ला । पारिवारिक समस्याले ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिने छैन । तरपनि व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्न सकिनेछ । अग्रज तथा जान्ने बुझ्ने मानिसको राय लिन राम्रो मानिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आज गरिने काममा बाधा तथा अवरोध हुनेछ । नयाँ ठाउँमा लगानी गर्नको लागी समय मध्ययम रहेकोछ । सामान हराउने वा चोरी हुने सम्भावना रहेकोले सचेत रहनुहोला । नियमित खर्चसमेत बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधनको प्रयोग गर्दा वा बाटो काट्दा ध्यान दिनुहोला । यात्रा भरसक स्थगित गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिद्यामा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि थोरै लाभ लिन सकिनेछ । तरल पदार्थ, पानि तथा पानीसँग सम्बन्धीत व्यावसायमा लगानि गर्दा ध्यान दिनुहोला । दाजुभाई तथा आफन्तजनबाट असहयोग हुनेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले भने सताउने देखिन्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) गलत चिन्तन तथा सोचाईलो कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागी रुपैया पैसा खर्चनु पर्नेछ । व्यापारमा मन्दी आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । तरपनि औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ भने पारिवारिक सम्बन्धमा केही खटपट आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक र सामाजिक काममा समय व्यातित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ । व्यावसायमा समय लगानी गरी लाभ लिन सकिनेछ भने लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीहरुको राय लिनु राम्रो हुनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यातित गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ तथा घर फिर्ताको साईत जुर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाइ लेखाइमा अरुभन्दा पछी परिनेछ । घर परिवार तथा आफन्त बीच घरायसी कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केही समय थाती राख्दा राम्रो हुनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । दैनिक उपभोग्य र औषधीजन्य व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । भौतिक सम्पती र सवारी साधन प्राप्तिको योग रहेकोछ भने यात्रामा निस्कन सकिनेछ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । माया प्रेममा मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया